धनगढी । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु २ लाख ४ हजार ७१० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्यका विभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













