धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान परिवेशमा राष्ट्रिय एकता,आपसी सद्भाव र सहकार्य आवश्यक भएको बताएका छन ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस- २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन ।
उनले यस दिवसले देशको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय हितको संरक्षणमा एकजुट भइ अघि बढ्न प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन ।
यस दिवसले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव,विश्वास र राष्ट्रिय एकतालाई थप प्रगाढ बनाउने बताउँदै उनले यसले देशको सर्वाङ्गीण विकास र समृद्धिको यात्रामा मार्गदर्शन गरोस् भन्ने कामना व्यक्त गरेका छन ।
‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको यस ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।















