धनगढी । प्रहरीले कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद गरेको छ ।
शुक्रबार जिल्लाको बेलौरी नगरपालिका-२ गोकुलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार मूल्य बराबरको माछा बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइ स्थानीय तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको प्रहरीले जनाएको छ।















