काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट झापा निर्वाचन क्षेत्र नम्बर( ५ मा रञ्जित तामाङ उम्मेदवार बन्ने भएका छन्।
तामाङले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिकट प्राप्ट गरेको जानकारी गराउँदै आफूलाई मतदान गर्नका लागि अपिलसमेत गरेका छन्।
शनिबार एक सन्देश जारी गरेर उनले भनेका छन्– ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक श्रद्धेय नेता क। प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुएको छ। नेतृत्वगणलाई आभार सहित झापा क्षेत्र नं। ५ बासी आ मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु।’
तामाङ नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। झापा(५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो।















