धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले कैलालीका पाँच वटै संसदीय निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ ।
आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सर्वसम्मत नाम सिफारिस गरी केन्द्रमा पठाएको सो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।
पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट लोकेन्द्र कुवँर, २ बाट भरत सिंह वि. सि.(बुडा क्षेत्री), ३ बाट विरेन्द्रबहादुर बम, ४ बाट कमल रजवार र क्षेत्र नम्बर ५ बाट रोशन शाहीलाई सर्वसम्मत सिफारिस गरेको हो ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सर्वसम्मत नाम सिफारिस भएका शाही युवा हुन् । शाहीले आफूलाई पार्टीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि आसन्न निर्वाचनको प्रचार÷प्रसार अभियानलाई तिब्र रुपमा अघि बढाउँदै जाने बताए ।















