धनगढी । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
शनिबार जिल्लाको घनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दीर्घ खड्काको करेन्ट लागेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
खड्का आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।















