धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार बन्ने भएपछि जोशीले राजीनामा दिएका हुन् ।
२०७९ को निर्वाचनमा डा.जोशी डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका थिए । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि रास्वपामै रहेका थिए ।
रास्वपाले डा जोशीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ । डा जोशी २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार तत्कालीन सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई ४ सय २५ मतले पछि पार्दै विजयी भएका थिए ।















