धनगढी । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान प्रहरीले बरामद गरेको हो।
भन्सार छलीका २६ हजार ८५५ बराबरको किरानाका सामान अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।















