• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • १०. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

लोप हुँदै सुदूरपश्चिमका लोककथा

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित

कञ्चनपुर । हिउँदका कठ्याङ्ग्रिँदा चिसा रात, सुदूरपश्चिमका पहाडी गाउँबस्तीहरूमा एउटा छुट्टै रौनक र आत्मीय सुगन्ध लिएर आउँथ्यो। जब गाउँमा साँझ पर्थ्यो अर्थात् सन्ध्याकालको छाया छिप्पिँदै जान्थ्यो, घर–घरका अगेनामा धुवाउँदै आगो बालिन्थ्यो।

घरका महिलाहरू छिटोछिटो खाना बनाउने कार्यमा खटिन्थे। खाना खाएपछि आगोको न्यानो आँच नजिक ज्येष्ठ नागरिकहरू बस्थे। उनीहरूलाई वरिपरि नाति–नातिनीहरूले एउटा अटुट घेरामा बेर्थे। ती अबोध आँखा र जिज्ञासु मनहरूको एउटै मधुर आग्रह हुन्थ्यो— “हजुरबुबा, आज एउटा कथा हालिदिनुस्”, वा “हजुरआमा, आज कुनै डर लाग्ने वा अचम्मको कहानी सुनाउनुस्।”

त्यसपछि सुरु हुन्थ्यो लोककथा हाल्ने एउटा यस्तो अटुट सिलसिला, जसले रातको सन्नाटालाई मात्र चिर्दैनथ्यो, बरु सुन्नेहरूको मानसपटलमा एउटा नयाँ संसारको सृष्टि गरिदिन्थ्यो। कथा वाचन गर्ने ती ज्येष्ठ नागरिकहरू आफ्नो बोलीको लय मिलाउँदै, कहिले पात्रसँगै आफूलाई जोडेर भावुक बन्थे भने कहिले आँखाबाट आँसु झार्दै कथाको गहिराइ र पात्रको पीडालाई महसुस गराउँथे।

कथाको बीच–बीचमा प्रसङ्गमै रहेर भावुक ‘देउडा’ वा ‘झ्याउरे’ का टुक्राहरू हालेर भाव व्यक्त गर्थे भने कहिले कौतुहलता जाग्ने गरी कथा भन्थे, जसबाट केटाकेटीहरू कहिले डरले आँखा चिम्लिन्थे त कहिले ‘कुन्नि अब के हुन्छ’ भन्दै कथाको काल्पनिक सागरमा पौडिन्थे। “ती कुराहरूलाई झलझल्ती सम्झिँदा पुराना बालापनका दिनहरू फिर्ता भैदिएझैँ लाग्छ”, श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्रविक्रम सिंह भन्छन्, “समय बदलिँदै जाँदा ती बालापनका यादहरू सम्झनामा मात्र सीमित गरिदिएको छ, अगेनाको आगो विस्तारै निभेझैँ गरी सुदूरपश्चिमका ती अनमोल लोककथाहरू पनि धुवाँझैँ हराउँदै गएका छन्।”

डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारु भाषाहरूमा कथा ‘हाल्ने’ मौलिक परम्परा थियो। “यी कथाहरू कुनै आधुनिक पुस्तकालयका किताबमा अक्षरका रूपमा कोरिएका थिएनन्”, शिक्षक सिंह भन्छन्, “बरु ‘बाजे–बज्यै’बाट ‘नाति–नातिनी’सम्म मुखैमुख सर्दै आएका अलिखित इतिहास थिए।” उनका अनुसार सुदूरपश्चिमका लोककथाहरू विभिन्न धारामा फैलिएका छन्। यसले यहाँको सामाजिक बनावट, धार्मिक आस्था र मानिसहरूको सङ्घर्षमय जीवनलाई प्रतिनिधित्व गर्छन्।

सुदूरपश्चिम क्षेत्रलाई ‘देवभूमि’ पनि भनिन्छ। यहाँ ‘मष्टो’, ‘निङ्गलाशैनी’ सिद्धनाथ, वैजनाथ, सशस्त्र लिङ्ग वीरवेताल, ‘भागेश्वर’, उग्रतारा, ‘शैलेश्वरी’ र ‘मालिकार्जुन’ का दैवी कथाहरू गाउँगाउँमा सुनिन्छन्। डोटेली भाषामा यस्ता कथालाई ‘चैत’ भनिन्छ, जहाँ देवताहरू अन्याय सहँदैनन्, ‘धामी’ मार्फत सत्य ओकल्छन् र सधैँ गरिब एवं दुःखीको संरक्षकका रूपमा उभिन्छन् भन्ने विश्वास छ। यसमै आधारित भएका लोककथाहरूले समाजमा न्याय, नैतिकता र आध्यात्मिक अनुशासनको एउटा बलियो जग बसाल्ने काम गरेका थिए।

वीर गाथाहरूको सन्दर्भमा कत्युरी र मल्ल राजाहरूको बहादुरी, रणकौशल र उनीहरूले राज्य संरक्षणका लागि गरेका बलिदानहरूको बखान गरिन्छ। तराईका कैलाली र कञ्चनपुरका चौधरी, डङ्गौरा थारु समुदायमा स–साना लोककथालाई ‘खिस्सा’ र ठूला एवं लामा कथालाई ‘बटकोही’ भन्ने गरिन्छ। यस्ता कथाहरूमा बाघ, बाँदर, चराचुरुङ्गीहरू र फूल पुतलीहरू मानिससरह बोल्ने र संवाद गर्ने पात्र बन्छन्। यसले प्रकृति र मानव जातिबीचको अटुट र संवेदनात्मक सम्बन्धलाई दर्साउँछ।

डोटेली लोककथामा भूतप्रेत, देवीदेवता, राजारानी, पौरखशाली पुरुष, चतुर किसानका कथा यति प्रशस्त थिए कि तिनले बालबालिकालाई साहस, सतर्कता र चतुर्‍याइँको व्यावहारिक शिक्षा दिन्थे। गरिबले आफ्नो तीव्र बुद्धि प्रयोग गरेर सामन्ती साहुलाई हराएको वा समस्याबाट मुक्त भएको कथा सुन्दा ग्रामीण बालबालिकाहरूमा आत्मविश्वास र न्यायप्रतिको विश्वास जाग्थ्यो।

लोककथाहरू वास्तवमा सुदूरपश्चिमी समाजको ऐनाका रूपमा रहेका छन्। “जुन समयमा न्यायिक निकाय थिएनन्, लिखित कानुनहरू आम मानिसको पहुँचभन्दा टाढा थिए, त्यसबेला ‘देवन्याय’ मा मानिसहरूको अटुट विश्वास थियो”, सामाजिक अगुवा शेरबहादुर साउदले भने, “कथामा झुटो बोल्नेले ‘देवको रिस’ भोगेको र सत्यको बाटो हिँड्नेले अन्ततः सुख र मोक्ष पाएको प्रसङ्गले मानिसहरूलाई ‘डर र धर्म’ दुवैको सीमाभित्र बस्न प्रेरित गर्थ्यो।” उनका अनुसार खेतीपाती, गोठालो, वनजङ्गल, घाँस दाउरा र मेलापात नै यी कथाका जीवन्त परिवेश हुन्थे।

कथाले समुदायभित्रको प्रगाढ मेलमिलाप र कहिलेकाहीँ जातीय विभेद्का तीता यथार्थहरूलाई पनि सूक्ष्म रूपमा उजागर गर्थ्यो। “पहिले साँझपख कथा सुन्ने बहानामा छरछिमेकीहरू अगेना वरिपरि भेला हुन्थे, जसले ‘साझा जीवन’ र सामुदायिक एकताको भावनालाई बलियो बनाएको थियो”, उनी अगाडि भन्छन्, “जब आधुनिकताको लहर चल्न थाल्यो, पहिले रेडियोको स्वरले कथाको ठाउँ लियो, त्यसपछि टेलिभिजनको पर्दाले अगेनाको त्यो न्यानो जमघटलाई विस्थापित गरिदियो। अहिलेको मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको डिजिटल युगमा बालबालिकाको ध्यान पूर्ण रूपमा भर्चुअल संसारले कब्जा गरेको छ।”

आजका बालबालिकालाई पुराना लोककथाहरू ‘लामो’ र ‘बोरिङ’ लाग्छन् किनकी युट्युब र टिकटकका सङ्क्षिप्त र कृत्रिम मनोरञ्जनले उनीहरूको धैर्यता र कल्पनाशीलतालाई साँघुरो बनाइदिएको छ। लोककथा सुन्न र त्यसको रस लिन धैर्य चाहिन्छ र सुनाउन विशेष कला चाहिन्छ, जुन अहिलेको व्यस्त समाजमा हराउँदै गएको छ।

पहाडी समुदायमा हिउँदका बेला अगेना वरिपरि बसेर बूढापाकाहरूलाई कथा भन्न कर गर्ने बालबालिका मात्र हुँदैनथे, घरका र छिमेकका अन्य महिला–पुरुष पनि निकै चासोका साथ भेला हुन्थे। ती कथाहरूमा राजा–रानीको वैश र वैभव, भूत–प्रेतको त्रास, लडाकुहरूको वीरता र जादु–मन्त्रका रहस्यमयी प्रसङ्गहरू बढी हुन्थे। यसमा किड्के दानव, विजयालोणि, शित वसन्त, भुज्या मूल्या, बूढी र चलाख स्याल, बूढाबूढी, भोगे राकस, मधुमालती, सर समिर, देवावेटी, हिरालाल, राजा रतन सिंह, दुधलाला, कलसा र रस्वाकोषेडीका सात चेलाजस्ता पात्र र कथाहरू निकै प्रचलनमा थिए। कथाको बीचमा गाउँखाने कथा पनि भन्ने गरिन्थ्यो। गाउँखाने कथाको जवाफ नदिएपछि गाउँ दिनुपर्थ्यो। त्यसपछि मात्रै त्यसको उत्तर दिने गरिन्थ्यो।

पहाडबाट सुविधा र सहजता खोज्दै तराई झर्ने क्रमसँगै यी कथाहरू पनि भौगोलिक बसाइँसराइको चपेटामा परेर ओझेलमा परे। ६७ वर्षीय जयबहादुर ऐरको अनुभवमा अहिले ती कथा पहिला जस्तो कर गर्नेहरू पनि छैनन् र सुनाउने बूढापाकाहरू पनि बाँकी रहेनन्। “कथा भन्नेहरूले यति रोमाञ्चक र सुरिलो भाखामा कथाको बीचमा गीतहरू गाउँदै प्रस्तुति दिन्थे कि सुन्नेहरू मन्त्रमुग्ध भएर रात बितेको पत्तै पाउँदैनथे”, ऐर भन्छन्।

तराईमा पहिला मकै धेरै लगाउने चलन थियो तर अहिले आधुनिक र ‘हाइब्रिड’ जातको बढी प्रतिफल दिने अन्य खेती हुन थालेपछि पुरानो मकै खेतीसँगै त्यसबेलाका लोक संस्कृतिहरू पनि हराउँदै गएका छन्। भदौ–असोज महिनामा मकै भाँचेर घरमा भित्र्याउने बेला थारु समुदायमा मकैको खोस्टा र दाना छुटाउने कार्य रातिको समयमा गरिन्थ्यो, जुन समयलाई सदुपयोग गर्दै बूढापाकाहरूबाट कथा सुन्ने सुनाउने गरिन्थ्यो।

स्थानीय नरेन्द्रप्रसाद चौधरीका मर्मस्पर्शी शब्दहरूमा भन्नुपर्दा मकै छुटाउने शारीरिक श्रमसँगै रातभरि कथा भनिँदा कामको थकाइ कतिखेर मेटिन्थ्यो, पत्तै हुँदैनथ्यो। कहिलेकाहीँ त एउटै कथा रातभरि भन्दा पनि सकिँदैनथ्यो र बीचमा भावुक गीतहरू गाउँदै कथा भन्नेहरूबीच दोहोरी नै चल्थ्यो। रानी सरङ्गा, हितुवा राजा, सतलसिंह राजा, बेंगटुरिया रानी, फूल जोख्नी, र बढैया और लुहारजस्ता कथाहरू सुन्न मानिसहरूमा जुन कौतुहलता र उत्साह हुन्थ्यो, त्यो आजको कुनै पनि महँगो चलचित्रले दिन नसक्ने चौधरीले बताए।

स्थानीय वीरबहादुर चौधरी भावुक हुँदै भन्छन्, “त्यसबेलाको समय र परिवेश नै बेग्लै थियो, मानिसमा आत्मीयता थियो, अहिले न त सुनाउनेहरू रहे, न त नयाँ पुस्तामा आफ्नो पुर्खाको इतिहास सुन्ने चासो नै रह्यो।” अलिखित र केवल मौखिक स्मृतिमा रहेका यी कथाहरू बूढापाकाहरू अस्ताएसँगै सदाका लागि लोप हुँदै गएको उनी उल्लेख गर्छन्।

राना थारु समुदायमा पनि यो कथा वाचनको चलन पूर्णरूपमा हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–६ कसरौलका निवर्तमान वडाध्यक्ष जगता राना चिन्ता व्यक्त गर्छन्। उनका अनुसार यी कथाहरूले केवल मनोरञ्जन मात्र दिँदैनथे, बरु सामाजिक मेलमिलाप, नैतिकता र ‘खराब कामको नतिजा नराम्रो र राम्रो कामको नतिजा सधैँ सुखद् हुन्छ’ भन्ने गहिरो पाठ सिकाउँथे। त्यसैको प्रभावले गर्दा गाउँमा चोरीचकारी र झगडा कम हुन्थ्यो र विकासका काममा मानिसहरू स्वतःस्फूर्त श्रमदान गर्न तयार हुन्थे।

पहिले खेतमा धानको रोपाइँ सकिएपछि जब मानिसहरू फुर्सदिला बन्थे, राना थारु गाउँका कुनै एक भलमन्सा वा मानिएको व्यक्तिको घरमा साँझपख भेला भएर कथा सुन्ने एउटा संस्कार नै थियो। सबैले आ–आफ्नो घरबाट चारपाई अर्थात् खटिया बोकेर ल्याउँथे र आँगनमा लहरै बिछ्याएर बस्थे। कथा भन्ने व्यक्तिलाई चारैतिरबाट घेरेर सुन्ने र पालैपालो हुक्का तान्दै छलफल गर्ने त्यो मौलिक र आत्मीय दृश्य अब एकादेशको कथाजस्तै भइसकेको कसरौल गाउँका भलमन्सा रामकिसन रानाले बताए।

“कथाभन्दा गीतसँगै त्यसको अर्थ र जीवनदर्शन पनि लगाइन्थ्यो, जसले गर्दा अनपढ मानिसहरू पनि जीवन र जगतका बारेमा ज्ञानी हुन्थे”, उनले भने, “राना थारु समुदायमा चाँदाको कहानी, घन्नैको कहानी, जिवालडौतीको कहानी, सदा सुरखा, र उपदेउको गउनुजस्ता कथा र लामा दास्तानहरू निकै प्रचलित थिए, जसले मानिसलाई धैर्यवान र धार्मिक बनाउँथ्यो।”

भलमन्सा रानाको एउटै गुनासो छ– कथा सुनाउने पुर्खाहरू आफ्ना कथाका पात्रहरूझैँ इतिहासका पानामा बिलाएर स्वर्ग गइसके र उनीहरूसँगै ती अमूल्य कथाहरू पनि सधैँका लागि विलिन भए। मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका यी अलिखित सम्पदाहरू अहिलेको इन्टरनेटको गति र रेडियो–टेलिभिजनको रौनकमा कतै नभेटिने गरी हराएका छन्।

लोककथाहरू सुदूरपश्चिमको भूगोल, पहिचान र सभ्यताका असली संवाहकका रूपमा रहेका छन्। यी कथाहरूलाई डोटेली र थारु भाषामै सङ्कलन गरी पुस्तक, अडियो र भिडियोका रूपमा डिजिटल अभिलेखीकरण गर्नु आजको राज्य र नागरिक समाजको अनिवार्य दायित्व हो। विद्यालयको स्थानीय पाठ्यक्रममा यी कथाहरूलाई समावेश गरेर नयाँ पुस्तालाई आफ्नै पुर्खाको गौरवशाली इतिहाससँग परिचित गराउनुपर्ने सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आएका ईश्वर सुनार बताउँछन्। “आधुनिक प्रविधि र माध्यमहरूलाई प्रयोग गरेर यी प्राचीन ज्ञान र कथालाई नयाँ ढाँचामा प्रस्तुत गर्न सके मात्र हाम्रा मौलिक पहिचानहरू जोगिन सक्छन्” उनी भन्छन्, “लोककथा केवल विगतको सम्झना मात्र होइन, बरु यो त सुदूरपश्चिमी पहिचानको मेरुदण्ड हो। यदि आज हामीले हाम्रा पुर्खाहरूको यो अमूल्य मौखिक सम्पदालाई जोगाउन सकेनौँ भने भोलिको पुस्ताले आफ्नै देश र संस्कृतिको कथा सुन्न र भन्नबाट सधैँका लागि वञ्चित हुनुपर्नेछ, हाम्रो पहिचान इतिहासको धमिलो पानामा मात्र सीमित रहनेछ।”रासस

बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.