• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

कांग्रेस उम्मेदवार शाहको सक्रियता बढ्दो, सबै वडामा सम्पर्क कार्यालय स्थापना

  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित

धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा संगठन विस्तार, मतदाता भेटघाट र पार्टी गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यसहित उनले वडास्तरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवार शाहले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई पनि निरन्तरता दिइरहेका छन् । स्थानीय समस्या, आवश्यकता र जनअपेक्षा बुझ्ने तथा कांग्रेसको नीति, कार्यक्रम र प्रतिबद्धता जनतामाझ पु¥याउने लक्ष्यका साथ उनी दैनिक रूपमा विभिन्न वडामा सक्रिय देखिएका छन् । स्थानीय तहमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम मतदाताबीच उत्साह बढ्दै गएको काँग्रेस कार्यकर्ताहरूको भनाइ छ ।

कार्यक्रमअनुसार सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा सम्पर्क कार्यालय स्थापना गरिएको थियो । त्यसैगरी मंगलबार वडा नम्बर १४ देखि १९ सम्मका वडाहरूमा साथै कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७, ८, ९, १० र १२ मा कार्यालय स्थापना भएसँगै क्षेत्र नम्बर ५ अन्तर्गतका सबै वडामा कांग्रेसका सम्पर्क कार्यालय सञ्चालनमा आएका छन् ।

सम्पर्क कार्यालय उद्घाटनका क्रममा उम्मेदवार शाहले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै र रिबन काटेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । बीपीको विचार, लोकतान्त्रिक मूल्य र समाजवादप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै अगाडि बढ्ने सन्देशसहित कार्यालय स्थापना गरिएको पार्टीका नेताहरूले बताएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका २ वटा वडा पर्दछन् । यी सबै वडामा स्थापना गरिएका सम्पर्क कार्यालयमार्फत पार्टीका दैनिक गतिविधि सञ्चालन गर्नुका साथै मतदातासँग नियमित सम्पर्क कायम गर्ने योजना रहेको कांग्रेसले जनाएको छ । सम्पर्क कार्यालयलाई चुनावी प्रचारको केन्द्र मात्र नभई जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने थलोका रूपमा विकास गरिने उम्मेदवार शाहको भनाइ छ ।

सम्पर्क कार्यालय स्थापना गर्दै उम्मेदवार नरनारायण शाहले आफू पार्टीभित्र सबैको साझा उम्मेदवार भएकाले सबैको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । उनले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन प्रचारमा मर्यादित र अनुशासित ढंगले लाग्न आग्रह गरे । ‘हामी आफ्ना गतिविधिमा केन्द्रित बनौं । कसै अरूप्रति आक्षेप लगाउने काम नगरौं,’ उनले भने, ‘सभ्य भएर खटिऔं, निर्वाचन आचारसंहिताको पूर्ण पालना गरौं ।’

उनले निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै सभ्य, संयमित र अनुशासित तरिकाले चुनावी प्रतिस्पर्धामा सहभागी हुनुपर्नेमा जोड दिए । व्यक्तिगत आलोचना र नकारात्मक प्रचारले राजनीति कमजोर बनाउने भन्दै विकास, सुशासन र जनसेवाका मुद्दालाई प्राथमिकतामा राख्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

स्थानीय कांग्रेस कार्यकर्ताहरूका अनुसार शाहको सक्रियता र वडास्तरमा सम्पर्क कार्यालय स्थापना भएपछि संगठन थप सुदृढ भएको छ । लामो समयदेखि क्षेत्रका सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न शाहले स्थानीय समस्या राम्ररी बुझेको र जनताको भरोसा जित्न सक्ने उम्मेदवार भएको उनीहरूको दाबी छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले घरदैलो अभियान, कोणसभा, अन्तरक्रिया र जनसम्पर्क कार्यक्रमलाई अझ व्यापक बनाउने तयारी गरेको छ । सम्पर्क कार्यालयलाई केन्द्र बनाएर प्रचार–प्रसारलाई प्रभावकारी बनाइने जनाइएको छ । चुनावी माहोल तात्दै जाँदा उम्मेदवार शाहको सक्रियता र संगठन विस्तारले क्षेत्र नम्बर ५ मा राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ ।

बुधबार, माघ १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

समाचार

सबै

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.