काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विप्लवलाई आत्मसमिक्षासहित एकतामा आग्रह गरेका छन् ।
सुरुमा एकतामा आउन राजी भएपनि जेनजी आन्दोलन वरिपरि आइपुग्दा भने विप्लव वैचारिक अन्योलको भुमरीको तुवाँलोभित्र हराएको उनको दाबी छ ।
उनले भने,‘सुरुमा एकतामा आउने भन्नुभएको थियो। तर, जेनजी आन्दोलनपछि उहाँहरू कतै न कतै भड्किनुभयो। उहाँहरूले इतिहासमै विरलै आउने अवसर तपाईँहरूले गुमाउनुभयो। यसको पश्चात्ताप धेरै परसम्म तपाईंहरुलाई हुनेछ।’
प्रचण्डले अहिलेपनि केही नबिग्रिएको भन्दै आत्मसमिक्षा गर्दै एकता प्रक्रियामा आउन विप्लवलाई आग्रह गरे ।













