धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
बुधबार जिल्लाको टीकापुर नगरपालिका–९ ठोसेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु ४० हजार १ सय बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका फलामको कराई, स्टिल परात, कचौरा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













