धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी २१ ते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलालीमा विभिन्न कार्यक्रम गर्र्दे आएको छ । ।
पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति, उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाएको छ ।
एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् ।
एमाले उपमहासचिव लेखराज भट्टले आज चुरे गाउँपालिका वडा नं. ५ , ३ र ६ मा चुनावी वडा कार्यालयको उद्घाटन गरे ।
उहाँले एमालेलाई जिताउन सम्पूर्ण पार्टी एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।
यसैगरी धनागढी उपमहानगरपालिकाका विभिन्न वडामा वडा कार्यलय स्थापन गरि।एका छन् । ।













