धनगढी । कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत डोटीको २०७७ पुस २८ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना २१ दिन कैद सजाय तोकिएका डोटीको पुर्वीचौकी गाउँपालिका-१ फुलौट घर भई हाल गोदावरी नगरपालिका-९ वल्मीमा लुकिछिपी बस्दै आएका ३२ वर्षीय देवबहादुर ऐर र २६ वर्षकी जानकी चयडा पक्राउ परेका हुन्।
दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रबार कैलालीको गोदावरी नगरपालिका–९ वल्मीबाट पक्राउ गरेको जनाएको छ।















