धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड र वडा नं-३ सिसा पोष्ट नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ८४ हजार ५३५ बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।
सो मूल्यको चिनी, मिठाई, मिश्री, साडी, धोती, पास्ता, नरिवल, साबुन, दाल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













