धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान वरामद गरेको छ । कैलालीको धनगढी ७ मनेहरा, भजनी ३ थेगीपुर र कञ्चनपुरको भिमदत्त १७,बेदकोट ८ भाँसीबाट रु १ लाख ८६ हजार ८५० मुल्यको सामान प्रहरीले वरामद गरेको हो । सो क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बिडी, केरा, सिद्रा माछा, ४ थान साइकल खाने तेल, चामल चियापत्ति, मोटरसाइकल थान १ लगायतका सामान वरामद गरेको जनाएको छ ।













