धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन ।
बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन ।
कैलारी गाउँपालिका-५ पबेराबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुसान्त चौधरी र गौरिगंगा नगरपालिका-८ बस्ने ३३ वर्षीय हेइमन बखरिया पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,भजनी नगरपालिका-१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ५७० मिलिग्राम, नगद भारतीय रुपैयाँ रु.१३ हजार र नेपाली रुपैयाँ रु.८१४० सहित टीकापुर नगरपालिका-१ घन्टाघर बस्ने वर्षीय २५ की प्रेयंका चौधरी र भजनी नगरपालिका-८ सोनाफांटा बस्ने २२ वर्षीया कमला परियार पक्राउ परेका प्रहरीले जनाएको छ ।
विशेष गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ र नगद फेला पारि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



















