• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ९. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

सुदूरपश्चिममा ‘आरोही’ कार्यक्रम शुभारम्भ

  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा ‘आरोही : मेन्टरशिप, सीप र सहकार्य’ कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ ।
महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा दीर्घकालीन आर्थिक सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले एफसीए नेपालद्वारा सञ्चालित आरोही कार्यक्रम सुदूरपश्चिम औपचारिक रूपमा शुभारम्भ भएको हो ।

फिनल्यान्डको वुमेन्स बैंक तथा परराष्ट्र मन्त्रालयको सहयोगमा सञ्चालित यो कार्यक्रमको धनगढीस्थित रुबस होटलमा असार १० देखि १२ गतेसम्म शुभारम्भ कार्यक्रम आयोजना गरिएको थियो ।

नेपालमा महिला उद्यमीहरूले सामना गर्ने सामाजिक, आर्थिक तथा संरचनागत अवरोधहरूलाई सम्बोधन गर्दै व्यवसायिक वृद्धि र नेतृत्व विकासका अवसरहरू सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तीनदिने शुभारम्भ कार्यक्रमअन्तर्गत ३१ जना महिला उद्यमी (मेन्टी), १६ जना अनुभवी मेन्टर, विषयगत विज्ञ तथा उद्यमशीलता पारिस्थितिकी तन्त्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर रावलले महिला उद्यमशीलता प्रदेशको आर्थिक समृद्धि र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको उल्लेख गरे । उनले महिला उद्यमीहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उद्यम विकास, सीप अभिवृद्धि, बजार पहुँच तथा आवश्यक नीतिगत सहयोगमार्फत महिला उद्यमीहरूको सशक्तीकरणमा सहकार्य गर्न सरकार सदैव तयार रहेको बताए ।

उनले आरोहीजस्ता मेन्टरशिप र क्षमता विकास कार्यक्रमहरूले महिला उद्यमीहरूको आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यवसायिक प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्र बोल्दै एफसीए नेपालका राष्ट्रिय निर्देशक विद्यानाथ भुर्तेलले महिला उद्यमीहरूका लागि अवसरहरू बढ्दै गए पनि पितृसत्तात्मक सोच, सीमित पहुँच र असमान सामाजिक संरचनाले अझै चुनौती सिर्जना गरिरहेको बताए । उनले आरोही कार्यक्रमले महिला उद्यमीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता र व्यवसायिक प्रतिस्पर्धात्मकता विकास गर्न आवश्यक सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी राना, उद्योग वाणिज्य संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज कुँवर,कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा,अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा तथा सुदूरपश्चिम प्रदेश महिला उद्यमी महासंघकी अध्यक्ष मीनाकुमारी फुलाराको उपस्थिति रहेको थियो ।

उनीहरूले महिला उद्यमशीलता प्रवद्र्धनका लागि मेन्टरशिप, संस्थागत सहकार्य र उद्यमशीलता पारिस्थितिकी तन्त्र सुदृढीकरणको आवश्यकता औँल्याउँदै आरोही कार्यक्रमको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै एफसीए नेपालका विषयगत विशेषज्ञ अष्ट प्रजापतिले आरोही केवल एक प्रशिक्षण कार्यक्रम नभई महिला उद्यमशीलताको लागि दीर्घकालीन सहयोग प्रणाली निर्माण गर्ने पहल भएको बताए ।

उनका अनुसार कार्यक्रमले मेन्टरशिप, प्राविधिक व्यवसायिक प्रशिक्षण तथा स्रोत र सञ्जाल निर्माणका अवसरहरूलाई एकीकृत गर्दै महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालन र विस्तारका लागि आवश्यक ज्ञान, सीप र सम्बन्धहरू विकास गर्न सहयोग गर्नेछ ।

कार्यक्रममा सहभागी ३१ जना महिला उद्यमी (मेन्टी)हरूले उत्पादन गरेका विभिन्न वस्तु तथा सेवाहरूको मार्केटप्लेस शोकेस समेत आयोजना गरिएको थियो । उक्त प्रदर्शनीले सहभागी उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको प्रवद्र्धन, अनुभव आदानप्रदान तथा सरोकारवालाहरूसँग व्यवसायिक सञ्जाल विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो ।

उद्घाटन समारोह अगाडी संचालित दुई दिने ‘व्यवसायका आधारशिला शसक्तिकरण’ तथा ‘मेन्टरशिप सिनर्जी कार्यशाला’ले मेन्टर र मेन्टीबीच विश्वास, सहकार्य र साझा लक्ष्य निर्माणमा केन्द्रित अभ्यासहरू समावेश गरेको थियो । सहभागीहरूले संरचित संवाद, अनुभव आदानप्रदान तथा लक्ष्य निर्धारण प्रक्रियामार्फत आफ्नो साझेदारीको स्पष्ट कार्ययोजना तयार गरेका थिए ।

आरोही कार्यक्रमले प्रारम्भिक कार्यशाला मात्र नभई आगामी महिनाहरूमा निरन्तर मेन्टरिङ, व्यवसायिक कोचिङ, प्राविधिक प्रशिक्षण,त्रैमासिक प्रगति समीक्षा तथा आवश्यकता आधारित विशेष सिकाइ सत्रहरू समेट्नेछ ।

आरोही कार्यक्रमको पहिलो चरण सफलतापूर्वक काठमाडौंमा सञ्चालन भई समापन भइसकेको छ, जहाँ सहभागी २७ महिला उद्यमीहरूले मेन्टरशिप, व्यवसायिक सीप विकास तथा सञ्जाल विस्तारका माध्यमबाट उल्लेखनीय प्रगति हासिल गरेका छन् । हाल सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणको शुभारम्भसँगै कार्यक्रमले आफ्नो प्रभाव क्षेत्र विस्तार गरिरहेको छ ।

वुमेन्स बैंकको रणनीतिक सहयोग तथा एफसीए नेपालको कार्यान्वयन अनुभवसँगै, युएन विमेन, नेपाल युवा उद्यमी मञ्च र महिला उद्यमी महासंघ नेपालको प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रमले महिला नेतृत्व, आर्थिक सहभागिता र उद्यमशीलताको क्षेत्रमा मापनयोग्य परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को
करेन्ट लागेर महिलाको मृत्यु
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

समाचार

सबै

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.