धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-३ नौलाखेत र सोही नगरपालिका-११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.७३ हजार बराबरको सुट कपडा, चप्पल, रसबरी मिठाई लगायतका सामानहरु शुक्रबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













