धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम २७० मिलिग्राम सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बस्ने २१ वर्षीय किरन भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम २७० मिलिग्राम सहित बर्दियाको राजापुर नगरपालिका-६ बस्ने २३ वर्षीय प्रमेश थारुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी,टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९० मिलिग्राम सहित जानकी गाउँपालिका-३ बस्ने २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाललाई पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी,टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९३० मिलिग्राम सहित सोही नगरपालिका -१ ब्लक नम्बर २३ बस्ने २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका-३ लाएकपुर बस्ने २४ वर्षीय अर्जुन ऐडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।



















