अछाम ।अछाममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका १ ठेगालगाउँ बस्ने वर्ष ६०का नवीनराज जोशी रहेका छन्।
आफ्नै घर नजिकै रहेको आँपकाे रुखमा फलेको आँप टिप्ने क्रममा रुखबाट लडी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार रुखबाट लडी घाइते भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आइतबार साँझ उनलाई मृत्यु घोषणा गरेको जनाएको छ।



















