धनगढी । कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ मंसिर १ गतेको फैसलाले अपराधिक उपद्र मुद्दामा २ महिना १० दिन कैद सजाय र रु.३ हजार जरिवाना तोकिएका कृष्णपुर नगरपालिका-४ बस्ने ५९ वर्षीय रणबहादुर बोहरा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय झलारीसमेतबाट खटिएको प्रहरीले मंगलबार साँझ गुलरिया बजारबाट पक्राउ गरेको जनएको छ ।



















