डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीमा ७ वर्षीय बालक सिँचाइ पोखरीमा मृत अवस्थामा फेला परेका छन्।
स्थानीय प्रकाश खत्रीका छोरा ७ वर्षीय दिपेश खत्री घरदेखि करिब २०० मिटर टाढा रहेको सिँचाइ पोखरीमा बुधबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






















