काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिले सम्म १ सय ५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार अहिले सम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक रहेका छन्। जसमा ४७ जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा २ महिला, ८ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ ।
यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ ।














