धनगढी । धनगढीको नवजीवन अस्पताल प्रालिले रसुवाका बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको छ।
अस्पतालले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग रकम जम्मा गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक चक्र कडायतले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिए।
अस्पतालले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको उनले बताए ।
अस्पतालले रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ उनको भनाई छ ।














