कैलाली । रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका व्यक्तिप्रति किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले श्रद्धाञ्जली व्यक्त गर्दै बाढीपीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
संस्थाले विपत्तिमा परेका नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकाे छ ।

संस्थाका सञ्चालक, कर्मचारी तथा समग्र किसान–कोप परिवारको तर्फबाट उक्त सहयोग रकम प्रदान गरेकाे हाे ।
सहकारीले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुर्याउन सबैलाई आ–आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्न अपिलसमेत गरेको छ।






















