धनगढी । कैलालीमा प्रहरीले तीन लाख बढीका अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.३ लाख १५ हजार ६५० बराबरको चिनी, बिडी, सुर्ती, बुक्रम, भाँडा वर्तन, किराना लगायतका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।






















