धनगढी । कैलालीमा अवैध लागूऔषध ब्रासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७४० मिलिग्रामसहित सोही नगरपालिका-२ अस्नेरी बस्ने ३१ वर्षीय राजेश चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले टोलीले चौधरीलाई पक्राउ गरेको तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






















