धनगढी ।सुदूरपश्चिम सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा कञ्चनपुरका गोकर्णप्रकाश भट्टलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै,आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा. हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए ।
उपाध्यक्षमा नियुक्त भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपा र सदस्यहरु जोशी र चन्द नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् ।
५ सदस्यीय आयोगमा अझै दुई सदस्य नियुक्त हुन बाँकी छन् ।














