धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति माेर्चाकाे सुदूरपश्चिमप्रदेशकाे एकता भेला सम्पन्न भएको छ।
आज भेलाले सबै दलित घटक समायाेजन गरी २५१ जनाकाे प्रदेश कमिटी गठन गरेकाे छ ।
दलित मुक्ति माेर्चाका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गाेरख सार्की ,सह ईन्चार्ज गाेबिन्द बिसी,प्रदेश संयाेजकमा जगत बिश्वकर्मा,सहसंयाेजकमा चक्रबहारदुर बिके गरी जम्मा २५१ जनाकाे प्रदेश कमिटी गठन भएकाे छ ।
बैठकमा प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम ईन्चार्ज तथा पूर्वमन्त्री भानुभक्त जाेशीले माेर्चाका जायज मागहरु पार्टीले पूरा गर्ने प्रतिववद्ध व्यक्त गरे ।
संगठनका केन्द्रीय ईन्चार्ज तथा प्रतिनिधिसभा सदस्य गणेश विकेले दलित समुदायकाे गन्तव्य र स्पष्ट दृष्टिकोण राख्दै दलितहरुकाे पक्षमा पार्टी, संगठन र सबै एकताबद्ध भएर समाजमा रहेकाे व्याप्त विभेद,दलित समुदायले भाेग्नु परेकाे समस्या समाधानका लागि निति,कानुन र संविधानमा भएका व्यवस्थाहरुलाई व्यवहारिकरुपमा कार्यन्वय गर्नुपर्नेमा जोड दिए ।
भेलामा नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश संयाेजक हरिराम चाैधरी, सहसंयाेजक लालबहादुर खड्का,केन्द्रिय सदस्य ओमप्रकाश पुन,प्रेम बिसि,शान्ति नेपाली,गाेबिन्द विक,जंग विक,बिनिता बिक,बसन्त बागचन्द तथा दलित मुक्ति माेर्चाका सुदूरपश्चिम ईन्चार्ज गाेरख सार्की लगायतले मन्तव्य राखेका थिए ।
दलित मुक्ति मोर्चाका संयाेजक जगत बिश्वकर्माको अध्यक्षतामा भएको बैठकको संचालन सहसंयाेजक चक्रबहादुर बिकेले गरेका थिए ।
एकता बैठकमा ९ जिल्लाका प्रदेश कमिटीका सदस्य,प्रदेशका केन्द्रीय सदस्य,पार्टी नेता गरी २५० जनाकाे उपस्थिति रहेकाे थियाे ।






















