धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
लम्कीचुहा नगरपालिका-१ बनाना होटलमा बसिरहेको अवस्थामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १५० मिलिग्राम सहित जानकी गाउँपालिका-६ बस्ने ३१ वर्षीय प्रेमबहादुर चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,टीकापुर नगरपालिका-९ खक्रौला चेक पोष्टस्थित सडक खण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८० मिलिग्राम सहित सोही नगरपालिका- १ बस्ने १८ वर्षिय किशोरलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।






















