धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित तीन किशोरलाई पक्राउ गरेको छ ।
आइतबारबार जिल्लाको टीकापुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका-३ शकरपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,टीकापुर नगरपालिका-१ समितिपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ९१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






















