धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
सोमबार कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ स्थितबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ९१० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय ललित साउदलाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको पुनर्वास नगरपालिका-१० विकाश बस्तीबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय होसियार रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै,लालझाडी गाउँपालिका-१ डाँडाबिछवाबाट लागूऔषध बिक्रि वितरण गर्ने गरेको छ भन्ने गोप्य सूचानाका आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश रानालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी,लालझाडी गाउँपालिका-१ डाँडाबिछवाबाट लागूऔषध बिक्रि वितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाका आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






















