धनगढी । कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय र रु.२ हजार जरिवाना तोकिएका जोशीपुर गाउँपालिका-५ बस्ने ४० वर्षीय टेकबहादुर मौनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मौनीलाई ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।






















