धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका-८ कान्तिपुरबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७९० मिलिग्राम र नगद रु.८ हजार १९० सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश चौधरी र कैलालीको गोदावरी नगरपालिका-५ बस्ने २२ वर्षीय सुशील चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले दिनेश चौधरीको घरकोठा खानतलासी गर्दा पोका बनाई रहेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।






















