धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बुधबार दुबै जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।
कैलालीका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.७७ हजार बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख ६ हजार ९०० बराबरका पटाकाहरु ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






















