धनगढी । दार्चुलामा हाडनाता करणी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत दार्चुलाको फैसलाले हाडनाता करणी मुद्दामा जनही १ वर्ष १ महिना कैद र रु.१० हजार जरिवाना तोकिएका नौगाड गाउँपालिका-६ बस्ने २३ वर्षीय पदमसिँह धामी र सोही ठाउँ बस्ने २२ वर्षीया गोबिन्दी धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको जनाएको छ ।






















