धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामानसहित दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका-४ रिछाहा बस्ने ५० वर्षीया राधा राना र वडा नं ५ बस्ने ४० वर्षीया पार्वती कार्की रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई बेलौरी नगरपालिका-६ प्रेमनगरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.४९ हजार ८४० बराबरको बिडी, सुर्ती,प्लाष्टिक झिल्ली, २ थान साइकल लगायतका सामान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मंगलबार फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।






















