धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.३ लाख ४२ हजार १५ बराबरको पेय पदार्थ, चिनी, मिश्री, खाद्यान्न, जिरा, हरियो मटर, सरप, किराना लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।
















