धनगढी । कैलालीमा प्रहरीले चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय राजकुमार कठायत रहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट पक्राउ गरेको जनाएको छ ।
















