धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ८४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
कैलालीका विभिन्न स्थानबाट शनिबार अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अनुमानित मूल्य रु २७ हजार २५० बराबरका सुर्ती, गाडीका विभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरेको जनाएको छ ।
यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट पनि प्रहरीले अवैध भन्सार छलीका अनुमानित मूल्य रु ५६ हजार ९०० बराबरका चिनी,पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवै जिल्लाबाट बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।













