धनगढी । धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका–६ स्थित मट्यारी चोकमा हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।
‘एक वडा, एक व्यापारिक केन्द्र’ कार्यक्रमलाई ध्यानमा राख्दै मट्यारी चोकमा हाइमास लाइट जडान गरिएको हो। जडान गरिएको हाइमास लाइटकने वडा नम्बर ६ का सदस्य महेन्द्रबहादुर थापा मगरले उद्घाटन गरेका हुन्।
उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा अनुहार लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ। सोही अभियानअन्तर्गत मट्यारी चोकमा पनि हाइ मास लाइट जडान गरिएको हो।
व्यस्त तथा सार्वजनिक आवागमनका दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा रहेको मट्यारी चोकमा हाइ मास लाइट सञ्चालनमा आएपछि रातिको समयमा आवागमन तथा सार्वजनिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ।
नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















