धनगढी । नवजीवन सहकारी संस्था लिमिटेड र धनगढी उपमहानगरपालिका–१ मा सञ्चालित कैलाली हस्पिटल प्रा.लि. बीच सहकारीका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौतापत्रमा नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपालराज पाठक र कैलाली हस्पिटल प्रा.लि.का अध्यक्ष जनकराज जोशीले हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा नवजीवन सहकारीका उपाध्यक्ष उत्तम जोशी, सञ्चालक समिति सदस्य लक्ष्मीराज पन्त, महाप्रबन्धक प्रदीपराज जोशी, उपप्रबन्धक (कानुन) जयन्द्र ठकुल्ला तथा कैलाली हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश रावत, डा. विवेक जोशी लगायतको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार नवजीवन सहकारीका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटलबाट स्वास्थ्य उपचार सेवा लिँदा विशेष छुट प्राप्त गर्नेछन्।
सहकारीले आफ्ना सेयर सदस्यलाई स्वास्थ्य सेवामा सहज पहुँच र आर्थिक राहत प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको जनाएको छ। यस सम्झौताबाट सदस्य तथा उनीहरूका परिवारले गुणस्तरीय स्वास्थ्य उपचारमा विशेष छुटको लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
















