धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडामा एक गोठमा आगलागी हुँदा एक लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
शनिबार दिउँसो स्थानीय माया विष्टको काठले बनेको र टायलले छाएको दुईतले कच्ची गाईगोठमा विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट गोठमा रहेका अन्दाजी एक लाख १० हजार रुपैयाँ बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ।















