• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

  •   शनिबार, असोज २४, २०८३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले युवा विद्यार्थीले विदेश मोह त्यागेर स्वदेशमै अवसर खोज्नुपर्ने बताएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा मधेसी आयोगले आयोजना गरेको लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले स्वदेशमै बसेर पनि राम्रो अवसर प्राप्त गर्न सकिने बताएका हुन् ।

पछिल्लो समय युवा विद्यार्थीमा विदेश जाने मोह बढ्दै गएको उल्लेख गर्दै उनले दक्ष जनशक्ति पलायन हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताए । विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गरी अध्ययन, ज्ञान र सीप विकासमा ध्यान दिन आग्रह गर्दै उनले निरन्तर मेहनत र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिनुपर्नेमा जोड दिए ।

मधेसी समुदायको सशक्तीकरणका लागि स्थापना भएको मधेसी आयोगले मधेसमा मात्र नभई सुदूरपश्चिमलगायत अन्य क्षेत्रका विद्यार्थीलाई समेत समेटेर कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका, सरकारी सेवामा प्रवेशका अवसर तथा सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

मधेसी आयोगका सदस्य रेणुदेवी शाहको सभापतित्व तथा प्रदेश प्रमुख मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्ट र घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

उद्घाटन सत्रपछि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भट्टले नीतिगत तथा योजनागत विषयमा जानकारी दिएका थिए । घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मीले लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका र सरकारी सेवामा प्रवेश गर्नुको महत्त्वबारे प्रशिक्षण दिएका थिए ।

त्यस्तै, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना तथा लोकसेवा तयारीसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।

आयोगका सदस्य शाहले लोकसेवा परीक्षासम्बन्धी जानकारी र तयारीका अवसर सबै क्षेत्रका विद्यार्थीले पाउनुपर्ने बताइन् । यस्ता कार्यक्रमले विद्यार्थीमा लोकसेवाप्रतिको जागरुकता बढाउनुका साथै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

नगरप्रमुख रावतले घोडाघोडीमा कार्यक्रम आयोजना गरेकोमा मधेसी आयोगलाई धन्यवाद दिँदै यस्ता अभिमुखीकरणले विद्यार्थीलाई लोकसेवा तयारीबारे जानकारी दिनुका साथै लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्ने बताए । उनले योजनाबद्ध अध्ययन र निरन्तर अभ्यासमा जोड दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन पत्रकार खेम ढुङ्गानाले गरेका थिए ।

शनिबार, असोज २४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

समाचार

सबै

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.