धनगढी । कैलालीको धनगढीबाट भन्सार छली गरी ल्याइएका २६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहाबाट शुक्रबार राति भन्सार छलीका सामानसहित भारतको लखिमपुर खिरी बस्ने २५ वर्षीय आकिब खाँ पक्राउ परेका हुन्।
प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोबाइल डिस्प्ले र विभिन्न किसिमका तरकारी फेला पारेको थियो ।
प्रहरीले सामान ढुवानीमा प्रयोग गरिएको यूपी २३ टी ८६७५ नम्बरको भारतीय मिनी ट्रकसहित बरामद सामान र चालक खाँलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद सामान र मिनी ट्रकको अनुमानित मूल्य २६ लाख ८८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।















