धनगढी । कञ्चनपुरमा लागूऔषध (चरेश) मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ६५ वर्षीय चक्र बुढा रहेका छन् ।
जिल्ला अदालत कञ्चनपुरले २०७० भदौ १ गते लागूऔषध (चरेश) मुद्दामा बुढालाई ५ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई मंगलबार राति उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।



















