धनगढी । कञ्चनपुरमा खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका-११ स्थित ब्यारेल चेकपोस्टमा सोमबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको पिलिभित न्युरिया कलौनी बस्ने अन्दाजी ३२ वर्षीय अमित हलदर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा हलदरको साथबाट शुद्ध तौल ०.१० ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।
उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























