• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, मङि्सर ०३, २०८३
☰
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • २. सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि : मुख्यमन्त्री भट्ट

  • ३. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’ आयोजना हुने

  • ७. धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु

  • ८. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ९. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • १०. एनपीएल : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्दै

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  •   बिहिबार, मङि्सर ०३, २०८३ मा प्रकाशित

टंक कुँवर
कैलाली । आफ्नो जन्मभुमिमा केही गर्नुपर्छ र उपचारका लागी सुदुरपश्चिमका नागरिकले भारत तथा देशका अन्य ठुला सहर धाउनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने दृढ संकल्प बोकेर स्वास्थ्य क्षेत्रमा होमिएका व्यक्ति हुन् निसर्ग अस्पतालका कार्यकारी अध्यक्ष तीर्थराज पन्त ।

स्वास्थ्य सेवा केवल व्यवसाय होइन समाज प्रति जिम्मेवार र मानवीय सेवाको महत्वपुर्ण माध्यम हो भन्ने मान्यता राख्ने पन्तको यात्रा भने सहज थिएन । आफ्नो जन्मभूमि सुदुरपश्चिमबाट टाढा रहेर लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका उनले स्वास्थ्य सेवाका अनेक अनुभव सगाले ।  पहिला  नेपालगञ्जको नर्सिङ होम र त्यसपछि नेपालगन्जकै मेडिकल कलेजबाट स्वास्थ्य सेवाको यात्रा सुरु गरेका उनले लामो समय नेपालगन्जमै बिताए ।
त्यसक्रममा सुदुरपश्चिमबाट उपचारका लागि नेपालगन्ज पुग्ने सयौँ विरामीको उपचार तथा हेरचाहमा संलग्न हुने अवसर पाए ।

स्वास्थ्य क्षेत्रमै काम गर्ने सिलसिलामा छ बर्ष बिदेशमा समेत बिताए । विदेशमा रहदा आधुनिक स्वास्थ्य प्रविधि,उपकरण र उपचार पद्धतिबारे नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवले उनलाई आफ्नो जन्मभुमिमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ भन्ने सोचको विकास गरायो । सन् २०११ मा उनी आफ्नै क्षेत्र धनगढी फर्किए । धनगढी पर्किएपछि उनले यहाँको स्वास्थ्य अवस्थालाइ नजिकबाट नियाल्न थाले । सरकारी अस्पतालले पनि त्यतिबेला पर्याप्त विशेषज्ञ सेवा नदिसकेको  अवस्था र निजी क्षेत्रले पनि सक्दो सेवा दिए पनि  उपयुक्त  र नयाँ टेक्नोलोजी को पद्धतिबाट  उपचार   हुन नसकेको देख्दा उनी चिन्तित बने । स्वास्थ्य मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको अपरिहार्य आवश्यकता हो । तर जटिल रोग लाग्दा उपचारका लागि भारत वा अन्य प्रदेश जानुपर्ने बाध्यता सुदुरपश्चिमका नागरिकले भोगिरहेका थिए । यही अवस्थालाइ परिवर्तन गर्ने सोच पन्तमा पलायो । आफनै छोराछोरी विरामी हुँदा आधुनिक उपकरण र अनुभवी चिकित्सकको अभावमा अपेक्षित उपचार गराउन नसकेको अनुभवले उनलाइ थप संवेदनशील बनाएको थियो ।

त्यसैले आफ्नो अनुभव र सिकाइलाई आफ्नै जन्मभुमिको स्वास्थ्य सेवामा प्रयोग गर्ने निर्णय गरे । सुरुवाती चरणमा तीन जनाको साझेदारीमा पाचँ शय्याको पोलिक्लिनिक संचालनमा ल्याए । सानो लगानी र सीमित पूर्वाधारबाट भएको त्यो प्रयास विस्तारै,२५,५०,१०० शय्याको निसर्ग अस्पतालका रुपमा स्थापित भयो ।

पन्तका अनुसार यो सफलता कुनै एक व्यक्तिको प्रयासले मात्रै सम्भव भएको होइन । चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन टिमको सामुहिक मेहनतले आजको निसर्ग अस्पताल निर्माण भएको हो ।

म अहिले जहाँ छु त्यो टिमकै कारण सम्भव भएको हो । चिकित्सकहरुको सुझाव,साथ र सहयोगले स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्न सफल भएको महसुस गरेको छु उनी भन्छन् ।
सुदरपश्चिमलाई स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित स्थापना भएको निसर्ग अस्पतालले पछिल्लो समय आधुनिक स्वास्थ्य सेवा विस्तारमा जोड दिदै आएको छ । अस्पतालमा सुदुरपश्चिमकै पहिलो न्यूरो सेन्टर संचालनमा रहेको पन्त वताउछन् । त्यस्तै ,१५ शय्याको आईसीयू र १० शय्या को एनआईसीयू सेवा पनि संचालनमा छन् । जटिल प्रकृतिका बिरामीको उपचार तथा शल्यक्रियाका लागि आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्ति अस्पतालमा रहेको उनको भनाई छ । अस्पतालमा एमबीबीएस तथा एमडी,डीएम तहका करिब ४० जना चिकित्सक र झण्डै ४०० जना स्वास्थ्यकर्मी कार्यरत छन् । हामीले कमाउनु भन्दा पनि सुदुरपश्चिमका बिरामीले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउन् र उपचारका नाममा बाहिरिने रकम यही परिचालन होस् स्थानीय अर्थतन्त्र चलायमान बनोस् भन्ने उदेश्यले अस्पताल स्थापनाको मुख्य आधार रहेको उनी बताउछन् ।

हामीले नाफा कमाउनेभन्दा पनि यस क्षेत्रका बिरामीलाई सेवा दिने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य राखेका छौ । यहाँको अर्थतन्त्र यही चलायमान हुनुपर्छ पन्त भन्छन् ।

निजी क्षेत्रलाइ लगानीमैत्री वातावरण आवश्यक
स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका महत्वपूर्ण भए पनि सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने पन्तको धारणा छ ।

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा अनावश्यक रुपमा निरुत्साहित गर्ने प्रवृतिले लगानीको वातावरण कमजोर बनाउने उनको बुझाइ छ ।

निजी क्षेत्रसंग सहकार्य गरेर नीति निर्माण गर्नै र लगानीमैत्री वातावरण सिर्जना गर्ने हो भने स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि उल्लेखनीय सुधार सम्भव हुने उनी बताउछन् । देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुन्छ । निजी क्षेत्रसंग बसेर छलफल गर्ने, उनीहरुको समस्या बुझ्ने र सहकार्यका आधारमा नीति निर्माण गरेर अघि बढ्न आवश्यक छ उनी भन्छन् ।

सुदुरपश्चिम स्वास्थ्य विज्ञान विश्वविद्यालयप्रति आशा

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रको दीर्घकालीन विकासका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको संचालनका लागी पनि उनले महत्वपूर्ण रुपमा लिएका छन् । विश्वविद्यालय छिटो संचालन आउनुपर्ने पक्षमा आफूहरु पनि निरन्तर लागिरहेको पन्त बताउछन् । उनका अनुसार विश्वविद्यालय संचालनमा आएपछि यस क्षेत्रका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउनेछन् भने दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने छ । अहिले पनि क्यान्सर,कलेजो प्रत्यारोपण र मिर्गौला प्रत्यारोपण जस्ता जटिल उपचारका लागि सुदुरपशिचमका नागरिक बाहिर जानुपर्ने बाध्यता छ ।

विश्वविद्यालय संचालनमा आएपछि यस्ता उपचार सेवा क्रमशः आफ्नै क्षेत्रमा विस्तार गर्न आधार तयार हुने उनको अपेक्षा छ । विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले निजी तथा सरकारी स्वास्थ्य संस्थामा काम गर्ने अवसर पाउने र समग्र स्वास्थ्य प्रणाली बलियो बन्ने उनको विश्वास छ ।

व्यक्तीगत सफलताभन्दा समग्र स्वास्थ्य क्षेत्रको सफलता महत्वपूर्ण
पन्त सुदुरपश्चिम प्राइभेट अस्पताल एसोसिएसनका अध्यक्ष समेत हुन् । त्यसैले उनी निसर्ग अस्पतालको व्यक्तिगत सफलताभन्दा पनि सुदुरपशिचमको समग्र स्वास्थ्य क्षेत्रको विकासलाइ प्राथमिकता दिनुपर्ने बताउछन् ।
निसर्ग अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाइ उपचारमा छुट दिदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक अभियानमा समेत अस्पतालले सहभागिता जनाउदै आएको उनको भनाइ छ ।
लागुऔषध दुव्र्यसन नियन्त्रण युवालाई स्वस्थ र सिर्जनशिल बनाउन खेलकुद क्षेत्रमा सहयोग,ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर संचालनजस्ता गतिविधि अस्पतालले गर्दै आएको छ ।
त्यसैगरी समाजमा विभिन्न जातजाति,भाषा,धर्म र संस्कृतिबीच एकता कायम राख्न कला,संस्कृति तथा परम्पराको संरक्षण प्रबर्धनमा समेत सहयोग गर्दै आएको उनी बताउछन् । अस्पतालले स्वास्थ्य सेवालाई सहरमा मात्रै सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्‍याउने प्रयास गरिरहेको उनको भनाइ छ ।

 

स्थानीय अर्थतन्त्र र स्वास्थ्य सेवाको विकाससंग जोडिएको अभियान
निसर्ग अस्पतालले स्वास्थ्य सेवासंगै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्‍याउँदै आएको छ । अस्पतालले कैलाली जिल्लामा उल्लेखनीय कर योगदान गरेको भन्दै आन्तरिक राजश्व कार्यालयबाट पुरस्कृत भइसकेको पन्त बताउछन् ।
आधुनिक प्रविधि,दक्ष चिकित्सक,गुणस्तरीय उपचार र फरक सेवा प्रणाली मार्फत सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उदेश्यले निसर्ग अस्पतालको स्थापना गरिएको उनको भनाइ छ । सुदुरपश्चिम हाम्रो हो, हामीले नै बनाउनुपर्छ अरुले आएर बनाईदिने होइन पन्तको स्पष्ट धारणा छ ।

  • पन्त
बिहिबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
भन्सार छलीका सामान बरामद
बाजुरामा भरुवा बन्दुक बरामद
खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद
धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

समाचार

सबै

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • २.
    सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि

  • ३.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.