काठमाडौँ – पाँच पटककको विश्व च्याम्पियन तथा अहिलेपनि उपाधि दाबेदार ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।
प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेको टिमको घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेयता ब्राजिल उपाधिविहिन रहेको छ।
फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध खेल्ने छ।
ब्राजिलले आर्सनलका फर्वाड गाब्रियल मार्टिनेलीलाई टिममा बोलाउँदा लिभरपुल स्टार रोवर्टो फिरमिनोलाई भने टिममा बोलाएन।
त्यस्तै गत सेप्टेम्बरमा फ्रेन्डली खेलका दौरान टिममा नपरेका स्ट्राइकर गाब्रियल जेससलाई भने ब्राजिले पुनस्टिममा समेटेको छ।













